Monday, June 13, 2011

पिंजडा बाट मुक्त भए दुए चरी news about two bords

                        करिब सात महिना देखि पिंजडामा पालिएका सुगा र कोतेरो (मुनिया )  क एक जोडीलाई आइतबार प्राकृतिक  बासस्थान मा छाडिएको छ ! पंक्षी संरक्षण संघ ( बि सी एन ) का पदाधिकारी र संरक्षणमा कार्यरत पत्रकारहरुको टोलीको पहलमा ति चरा पिंजडा बाट छाडिएको हो !
ति दुइ चरा लाजिम्पाट स्थित प्रतिमा गुरुङको एक रेस्टुरेन्ट मा सात महिनादेखि पिंजडामा थिए ! पिंजडा बाट चरा छाडे पछी गुरुङले भनिन प्राकृतिक बासस्थानमा रमाउने चरालाई किन पिंजडामा राख्नु ? कुनै फाइदा हासिल गर्नका लागि आफुले ति चरालाई पिंजडामा नराखेको उनले प्रस्ट परिन !

                     उनका अनुसार कोरिएन पार्टनर ले ति चरा पिंजडामा राखेका थिए ! सुरुमा त्यहाँ कोरियन नागरिकले ५ वटा चरा राखेका थिए ! केहि समय पछी मुनिया प्रजातिका एक चरा मरेको थियो ! गुरुंगले सुरुमा आफुलाई चरा संरक्षण बारे जानकारी नभएपनि जानकारहरुले त्यस बारे प्रस्ट पारेपछि आफुले गल्ति गरेको महसुस भएको सुनाइन् ! अरु कसैले पनि यसरी चरा पाल्नु भएको भए खुल्ला आकाशमा  छाडिदिनुस  उनको आग्रह छ , आफ्नो शौखको लागि अरुलाई बन्दि बनाउनु राम्रो होइन रहेछ ! 
                 पंक्षी संरक्षण संघ का प्रमुख कार्यकारी अधिकृत डा.हुमबहादुर गुरुंगले पिंजडामा पालिएका चरा प्राकृतिक बासस्थानमा छाडेर गुरुङ नमुना उदाहरण बनेको बताए उनले भए ,अब खोजि गरेर घर घरमा पालिएका चरा छाड्ने अभियान चलाउछौ ! 
रास्ट्रिय निकुन्ज तथा बन्यजन्तु  संरक्षण बिभाग ,बन कार्यलय र चरा संरक्षणमा कार्यरत निकाय र व्यक्तिहरुको पहलमा घर घरमा गएर अबैध ढंगले पालिएका चरा प्राकृतिक बासस्थानमा छाड्न पहल  थालिने गुरुङ ले  बताए
                                                                                                                 68 jetha 30  from ekantipur

No comments:

Post a Comment